चीनलाई नेपालले गर्‍यो मास्क सहयोगदेखि एमसिसी बारेको भ्रमसम्म (भिडियोसहित)

चीनलाई नेपालले गर्‍यो मास्क सहयोगदेखि एमसिसी बारेको भ्रमसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये आजदेखि दुई नायक विपिन कार्की र विराज भट्टद्धारा अभिनित फिल्म प्रदर्शनमा आएका छन् । विपिन अभिनयकालागि प्रसिद्ध छन् भने विराज एक्सन्का लागि । यी दुईको भिडन्तमा कस्को पललाभारी होला ?
एमसिसीबारे विभिन्न किसिमका धारणा सार्वजनिक भइरहेका बेला मिलियिम च्यालेन्ज एकाउण्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसी बारे अनावश्यक भ्रममा नपर्न आग्रह गरेका छन् ।
नेपालले आफ्नो छिमेकीसँग त्यस्तै कर्तब्य निर्वाह गरेको छ । कोरोना भाईरसको संक्रमणबाट हैरान बनेको छिमेकी चीनलाई नेपालले आज सहयोग गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा १ सय ७५ जनाविरुद्ध मुद्धा चलाउने अख्तियार अनुसन्धान आयोगको कदम यतीबेला मुलुकमा चर्चाको विषय बनेको छ । भ्रष्टाचारविरुद्ध मुद्धा चलाउने अख्तियारको कदमलाई धेरैले स्वागतयोग्य बताएपनि सोहि प्रकरणमा संलग्न कतिपयलाई उन्मुक्ति दिएको भन्दै विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । आफ्ना उपसभापती तथा संसदिय दलका उपनेतालाई भ्रष्टाचार मुद्दा लगाईएको भन्दै कांग्रेसले संसद बैठक चल्न नदिएको हो ।

Logo