चित्लाङमा जेनिथ युथ ग्रुपको भ्रमण वर्ष लक्षित क्याम्पियन

चित्लाङमा जेनिथ युथ ग्रुपको भ्रमण वर्ष लक्षित क्याम्पियन


काठमाडौं ।

नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर जेनिथ युथ ग्रुपले नेचुरल्ली नेपाल लेखिएको नेपाल भ्रमण वर्षको लोगो अंकित २५ हजार स्टिकरहरु टाँस्ने अभियान शुरु गरेसँगै गाउँ गाउँमा भ्रमणवर्ष लक्षित कार्यक्रम पनि गर्न थालेको छ । यसैक्रममा भोलि मकवानपुरको चित्लाङमा क्याम्पियन राख्दैछ ।

सो कार्यक्रममा गाउँ गाउँमा आउने विदेशी पर्यटकका लागि कस्तो स्वागत गर्न सकिन्छ , होटलहरुमा कस्तो तयारी गर्न सकिन्छ लगायत जानकारी दिइने सो संस्थाका प्रतिनिधी मिलन नेपालले जानकारी दिए ।

संस्थाले भोलि भ्रमणवर्षको पहिलो दिन ५ सय मैनवत्ती बालेर कार्यक्रमको औपचारिक शुरुवात गर्दैछ । साथै ग्रुपले सबैलाई सरकारको राष्ट्रिय अभियानमा साथ दिन पनि अनुरोध गरेको छ ।

यस संस्थाले केहि दिनदेखि सार्वजनिक सवारी साधन, मोटर साइकल र अन्य साना सवारी साधनमा गरि २५ हजार स्टिकर टाँस्ने अभियान पनि थालेको छ । हाल सम्म ५ हजार स्टिकर टाँसिसकिएको ग्रुपका प्रबन्ध निर्देशक पियुस बाँनियाले केन्द्रबिन्दुलाई बताए ।

नेचुरल्ली नेपाल लोगोका डिजाइनर उद्ववराज रिमाल हुन् । यस लोगोबाट नेपालको संस्कृति, प्राकृतिक सम्पदा लगायतका दृष्यहरु देखाउने प्रयास गरिएको छ । साथै केहि दिनमै ग्रुपले नेपाल भ्रमणवर्ष लक्षित टिसर्टहरु पनि सार्वजनिक गर्ने बाँनियाले जानकारी दिए ।

Logo