सनराइज बैंकको १२७ औं शाखा रसुवाको टिमुरेमा

सनराइज बैंकको १२७ औं शाखा रसुवाको टिमुरेमा


काठमाडौं ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रसुवा स्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यालयका प्रमुख पुन्य बिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ का वडाध्यक्ष दावा दोर्जे तामाङ्गले ए.टि.एम को उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हालसम्म सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

Logo