मंगलबार काठमाडौंमा बिजाेर नम्बरका गाडी बन्ददेखि संसारकै कान्छी प्रधानमन्त्रीसम्म (भिडियोसहित)

मंगलबार काठमाडौंमा बिजाेर नम्बरका गाडी बन्ददेखि संसारकै कान्छी प्रधानमन्त्रीसम्म (भिडियोसहित)


काठमाडौं, २०७६ मंसिर २३ ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिदेखि कर्मचारी समेतको सम्पत्ति र जिवनशैली छानविन भइरहेको बताएको कुरालाई आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।

त्यस्तै अहिलेपनि विद्यार्थीहरुले बोरामा बसेर पढ्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, महोत्तरीका २ वटा विद्याल्लयका विद्यार्थीहरू घरबाट किताव कापीसँगै बोरा पनि बोकेर जान बाध्य हुँदा समेत सम्बन्धित निकाय माैन छ ।

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग भोलि समापन हुँदैछ । समापन समारोहलाई विशेष बनाउन विभिन्न तयारीहरु भइरहेका छन् । यसैक्रममा भोलि काठमाडौं उपत्यकामा बिजोर नम्वरका सवारीसाधन चलाउन रोक लगाइएको छ ।

नेपालमा बुढ्यौली उमेरका नेताहरुले आफूलाई युवा नेता भन्दै दावी गरिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षिय नेतृ प्रधानमन्त्री बनेकी विषय पनि हाम्रो समाचार भित्र परेका छन् ।

थप समाचार हेरौं यो भिडियोमा :

Logo