शक्तिशाली हतियारका लागि भारतले रुसलाई बुझायो ८ सय मिलियन डलर

शक्तिशाली हतियारका लागि भारतले रुसलाई बुझायो ८ सय मिलियन डलर


मस्को,

भारतले रुससँग खरिद गर्न लागेको शक्तिशाली मिसाइलको लागि ८ सय मिलियन अमेरिकी डलर अग्रिम भुक्तानी गरेको छ । रुसी अधिकारीहरुले यसबारे जानकारी गराएका हुन् ।

भारतले ‘एस ४०० एन्टि एयरक्राफ्ट मिसाइल सिस्टम’ खरिदको लागि अघिल्लो वर्ष नै सम्झौता गरेको थियो । भारत र रुसबीचको उक्त सम्झौता २०२५ सम्मका लागि हो ।

अमेरिकाको चर्को विरोधको वावजुद भारतले रुससँग लामो दूरीको मिसाइल सिस्टम खरिद गर्ने निर्णय गरेको हो । २०१८ को अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमण गर्दा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

ब्रिक्स सम्मेलनमा सहभागी पुटिनले सम्झौता अनुसार नै उक्त मिसाइल सिस्टम भारतलाई पठाइने बताएका छन् । रुस भारतलाई लामो समयदेखि सैन्य उपकरण निर्यात गर्ने मुख्य मुलुक हो । पछिल्लो ५ वर्ष यता ६२ प्रतिशत हतियार रुसले नै निर्यात गर्दैआएको छ ।

पछिल्ला केही वर्षयता भने भारतले हतियार खरिदका लागि अमेरिका र इजरायलसँग पनि साझेदारी गर्न थालेको छ । तर भारतले रुससँग संसारकै शक्तिशाली मध्येको ‘एस ४००’ खरिद सम्झौता गर्दा अमेरिकाले भारतलाई नाकाबन्दी लगाउने चेतावनी दिएको थियो ।
एजेन्सी

Logo