काभ्रेमा बस दुर्घटना, सबै यात्रु घाइते

काभ्रेमा बस दुर्घटना, सबै यात्रु घाइते


काभ्रेको नमोवुद्धमा बा ४ ख ३३१९ नम्वरको बस दुर्घटना भएको छ।

बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा दुर्घटना भएको हो । बसमा करिव ३० जना यात्रु रहेको र दुर्घटनामा परी बसमा सवार सबै यात्रु घाइते भएका छन् । बस सडकबाट करिव १५० मिटर तल खसेको हो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Logo