अनुशासन आयोगमा अमृत बोहोरा, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ

अनुशासन आयोगमा अमृत बोहोरा, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता विभिन्न केन्द्रिय आयोगहरूको  नेतृत्व तुङ्ग्याएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्ष तोकेको छ । आयोगको सचिवमा नेता अशोक रोकायाले जिम्मेवारी दिइएको छ ।

सचिवालय बैठकले जेष्ठ नागरिक मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइँ र सचिव गोविन्द ज्ञवाली रहने निर्णय गरेको छ । त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेल तथा सचिवको जिम्मेवारी लेखनाथ आचार्यलाई दिइएको छ । निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल तथा सल्लाहाकार कमिटीको अध्यक्षमा केशब बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् ।

Logo