श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो

श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो


उदयपुर । श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी ३० वर्षीया श्रीमती मञ्जु पुलामी मगरको ज्यान गएको हो ।

गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । तीर्थलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Logo