हतार भएका बेला कसरी मेकअप गर्ने ?

हतार भएका बेला कसरी मेकअप गर्ने ?


हिजोआज महिलाहरू कामकाजी भएका छन् । उनीहरूसँग धेरै समय लगाएर मेकअप गर्ने समय हुँदैन । त्यसैले पार्टी, भोज तथा अन्य कार्यक्रमहरूमा जाँदा कम समयमा आफूलाई तयार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा अचानक त्यस्तै ठाउँमा जानुपर्ने स्थिति आइदिन्छ । मेकअप गरिरहने समय पर्याप्त नभएपछि उसै जानुपर्ने हुनसक्छ तर त्यसो गर्दा व्यक्तित्वलाई लिएर टीकाटिप्पणी हुनसक्छन् । तसर्थ हतार नै भए पनि सामान्य मेकअप गरेर आफूमा निखार ल्याउन सकिन्छ ।

मिलाएर लगाउन जाने गाजल र लिपग्लस मात्रैले पनि सौन्दर्य उजागर हुन्छ । जुन थोरै समयमा गर्न सकिन्छ ।

साँझको पार्टी छ भने सबैभन्दा पहिले मोइस्चराइजर लगाउने अनि स्किन टोनसँग मिलाएर फाउन्डेसन लगाई फेस पाउडर दल्ने । त्यसपछि सेतो आइस्याडो लगाउने । यति गरे लुक्स फ्रेस देखिन्छ । अन्त्यमा गाजल, आइलाइनर र मस्कारा लगाइदिने, मेकअप पूरा हुन्छ ।

गोरा महिलाहरूलाई रातो लिपिस्टिक बढी खुल्छ । आँखा सानो छ भने ठूलो देखाउन वाइट आई पेन्सिल प्रयोग गर्ने । ओठ सेपलेस भए लिपलाइनरले आउटलाइन कोरेर पर्फेक्ट सेप दिएपछि मात्र लिपिस्टिक लगाउने । यसले सुन्दरता बढाउन मद्दत गर्छ ।

अनुहारमा थप चमक ल्याउन स्किन वाइटलाइजरलाई मोइस्चराइजसँग मिसाएर लगाउने । आइब्रो सेपलेस भए अथवा पातलो भए आइब्रो पेन्सिल प्रयोग गरेर पर्फेक्ट लुक्स दिन सकिन्छ । आँखालाई आकर्षक लुक दिन डार्क ब्लु आई पेन्सिल प्रयोग गर्न सकिन्छ । सुक्खा ओठमा लिपिस्टिक लगाउनुअघि लिप बाम लगाउने र सोस्न दिने । त्यसपछि लिपिस्टिक लगाई फाइनल टच दिने । सुन्दरतामा निखार ल्याउन अनुहारको कुनै एउटा मेकअपलाई हाइलाइट गर्ने । यसका लागि ओठमा डार्क कलरको लिपिस्टिक वा आँखामा डार्क रंगको आइस्याडो लगाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

कामकाजी महिलाहरू अनुहारमा भएको दाग, धब्बा लुकाउन फाउन्डेसन तथा कन्सिलर बढी प्रयोग गर्छन् । यद्यपि यसको प्रयोग विचारपूर्वक गर्नुपर्छ । कन्सिलर र फाउन्डेसनको बढी प्रयोगले हाइलाइटलाई ब्रेक मात्र गर्दैन यसले गर्ने असरको उपचार पनि हुन एकदमै असहज छ । त्यस्तै कुन कम्पनीको सामान प्रयोग गरिँदै छ त्यसका बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नुपर्छ । मेकअपका सामान प्रयोग गर्दा क्यामेडोजेनिक प्रोडक्ट्स प्रयोग गर्नु राम्रो हुन्छ ।

Logo