बोइङको त्रैमासिक घाटा २.९ अर्ब डलर

बोइङको त्रैमासिक घाटा २.९ अर्ब डलर


वासिङटन,

बोइङले दोस्रो त्रैमासिक अवधिमा २.९ अर्ब डलरको घाटा भएको जनाएको छ । दुई भयानक दुर्घटनापछि फ्ल्यागशिप ७३७–म्याक्स जेट ग्राउन्डेड भएकाले भएको यो घाटा हाल सम्मकै खराब हो । अघिल्लो कारोबार अवधिको तुलनामा बोइङको सेयर मूल्यमा ३.१ प्रतिशतले गिरावट आएको छ । यसले डाउ जोन्स इन्डस्ट्रिय एभरेज पनि ओरालो लागेको छ ।

यो वर्षको दोस्रो त्रैमासिक अवधिमा बोइङको सेयर मूल्यमा प्रति सेयर ५.८२ डलरले गिरावट आएको छ । यसैबीच आम्दानीमा पनि भारी गिरावट आएर १५.८ अर्ब डलर कायम भएको छ । बोइङको त्रैमासिक घाटा इतिहासकै ठूलो भएको फ्याक्सेटले जनाएको छ । हालको यो घाटा विश्वव्यापी वित्तीय संकटको वर्ष २००९ को १.६ अर्ब डलर भन्दा पनि बढी हो ।

दोस्रो त्रैमासिक अवधिमा कम्पनीले आफ्ना उपभोक्ताहरुलाई गत वर्षको तुलनामा १०४ कम विमान आपूर्ति गरेको थियो । बोइङको आम्दानी गत वर्षको समान त्रैमासको तुलनामा २७५ प्रतिशतले ओरालो लागेको छ । उक्त समयमा कम्पनीले प्रति सेयर ३.३३ डलर आर्जन गरेको थियो ।
एजेन्सी

Logo