काभ्रेको मण्डनदेउपुर र पाँचखालको आलु उपभोग योग्य

काभ्रेको मण्डनदेउपुर र पाँचखालको आलु उपभोग योग्य


काभ्रे,

केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले काभ्रे जिल्लाबाट परिक्षणका लागि पठाईएका आलुका नमुना परिक्षण गर्दा उपभोग योग्य भएको प्रमाणित गरेको छ ।

 

आलू सुपरजोन परियोजना कार्यान्वयन इकाई काभ्रेले जिल्लाका विभिन्न स्थानमा रहेका २५ कृषकहरुको आलुमा रहेको विषादी परिक्षणका लागि प्रयोगशालामा पठाएको थियो । ‘२५ कृषकहरुको आलु नुमना परिक्षणका लागि पठाईएको थियो, सबै कृषकहरुले प्रयोग गरेको आलुको विषादी तोकिएको मापदण्ड भन्दा धेरै न्युन भएको प्रतिवेदन प्राप्त भएको छ’–आलु सुपरजोन इकाईका प्रमुख दिपक पौड्यालले भने ।

परियोजना इकाईले आलुमा रहेको कार्बामेछ र अर्गानोफस्फेट परिक्षणका लागि प्रयोगशालामा नमुना पठाएको थियो । रुकावट प्रतिशतका आधारमा ३५ प्रतिशत भन्दा कम उपभोग योग्य हुने र ३५ देखि ४५ प्रतिशत सम्म केहि दिन राख्ने/पर्खने गर्नु पर्नेमा त्यति प्रतिशत नभएको परिक्षणले देखाएको छ ।

सुपरजोन इकाईले कार्यक्रम लागु भएका क्षेत्रहरु मध्ये आलु उत्पादनमा पकड स्थानका रुपमा रहेका काभ्रेका मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकाका २५ कृषकहरुको आलु नमुनाका लागि पठाएको थियो । नमुनाका लागि आलु लिएका कृषकहरुमा मण्डन देउपुर नगरपालिका ७ का शिवराम तिमल्सिना, केशव श्रेष्ठ, चिरञ्जीवी सापकोटा, विष्णुबहादुर सापकोटा, कृपाराम सापकोटा, इश्वरीप्रसाद सापकोटा, गोविन्दप्रसाद नेपाल, नित्यलाल श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका ८ का विदुरप्रसाद सापकोटा, लिलाबहादुर श्रेष्ठ, कपिन्द्रप्रसाद सापकोटाको आलु नमुना परिक्षण गरिएको थियो ।

त्यस्तै पाँचखाल नगरपालिका वडा नम्वर १० का विष्णुप्रसाद न्यौपाने, वडा नम्वर ३ का कमला गिरी, वडा नम्वर १० कै केशवप्रसाद आचार्य, वडा नम्वर १० का भवानी लुईटेल, गोपाल श्रेष्ठ, रामगोपाल लुईटेल, वडा नम्वर ३ का मैया गिरी गौतम, पाँचखाल २ का राजु ढकाल, रमा खतिवडा, वडा नम्वर ४ का रामप्रसाद गिरी, वडा नम्वर ६ का सिताराम दुलाल, वडा नम्वर ४ का सरस्वती अधिकारीको आलु नमुना परिक्षण गरिएको थियो ।

यस अघि जिल्लाबाट राजधानी जाने आलुमा अत्याधिक विषादी प्रयोग हुने गरेको थियो । आलु सुपरजोन कार्यक्रम मार्फत विषादी न्युनिकरण तथा प्रयोगको विधी जानकारी गराउँदै उत्पादनमा प्रविधि भित्र्याए पछि विषादी न्युनिकरण भएको हो ।
नेपाल समाचारपत्रबाट

Logo