मोरङमा एक युवकले काटे आफ्नै लिंग

मोरङमा एक युवकले काटे आफ्नै लिंग


मोरङ । एक युवाले आफ्नै लिंग काटेका छन् । लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेका हुन् । जण्डिस सम्बन्धि पुरानो रोगबाट पीडित राईले बिहीबार राति तरकारी काट्ने चक्कुले लिंग काटेर दुई टुक्रा पारेका हुन् ।

लिङ्ग काटेपछि गम्भीर बनेका राईको विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनापछि राईलाई स्थानीयले उद्धार गरेर विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी धरान लगिएको थियो ।

चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए । नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । राईको ३ वर्षका छोरा छन् ।

Logo