एक्सन नेपाल र बेंगलुरुको एचजीसी अस्पतालबीच क्यान्सरविरुद्ध सहकार्य

एक्सन नेपाल र बेंगलुरुको एचजीसी अस्पतालबीच क्यान्सरविरुद्ध सहकार्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । क्यान्सर रोग लाग्न नदिने अभियान चलाइरहेको भारतको एचसीजी क्यान्सर अस्पताल, बैंगलुरुले नेपालको एक्सन नेपालसँग सहकार्यको घोषणा गरेको छ ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै अस्पताल र उक्त संस्थाबीच सहकार्यको प्रस्ताव पेस हुन गइरहेको बताइएको हो । यस रणनीतिक योजनाले विश्वस्तरीय क्यान्सर उपचारमा पहुँच सुधार गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

दुई संस्थाबीच भएको सहमति अनुसार एचसीजीले नेपालभर निःशुल्क क्यान्सर जाँच शिविरहरू सञ्चालन गर्ने, नियमित रूपमा वैज्ञानिक सेमिनारहरू सञ्चालन गर्ने, क्यान्सर रोगको प्रारम्भिक निदान र उपचारका सेवाहरु प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा एचसीजी बैंगलोरका हेड एण्ड नेक सर्जिकल ओन्कोलोजी र रोबोटिक सर्जरीका डीन र समूह निर्देशक डा. विशाल रावले क्यान्सरपीडितहरु विश्वभर बढिरहेको सन्दर्भमा यस सहकार्यले नेपालमा क्यान्सरकोे निदानका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रावले अबको १० वर्षपछि तीन जनामध्ये एक जनामा क्यान्सरर हुने दाबी गर्दै क्यान्सर रोगको नियन्त्रण गर्न विश्व समुदायले सोच्नुपर्ने बताए । उनले भने, ‘अबको १० वर्षमा प्रत्येक तीन जनामध्ये एक जना क्यान्सर संक्रमित भेटिने छ । हामी सबैसामु क्यान्सर नियन्त्रण गर्न के गर्ने होला भनेर सोच्नुपर्ने समय आउने छ । हामीसँग अहिले २६ वटा क्यान्सर रोगको उपचार गर्ने केन्द्र छन् । हामीले यी सेन्टरलाई बढाएर ४६ कसरी बनाउने सोच्नु हँुदैन । बरु दुई वटा सेन्टरलाई घटाएर उपचार कसरी प्रभावकारी रुपमा दिने भन्नेबारे सोचिरहेका छौं ।’

कार्यक्रममा क्यान्सर रोग लाग्न नदिन सचेतना बढाउने र लागे सुरुवातमै उपचार सेवा कसरी पाइन्छ भन्ने जानचेतना बढाउने विषयमा काम गरिने जानकारी पनि दिइएको थियो ।

Logo