त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिने भएको छ । विमानस्थल कार्यालयले मोदीको जनकपुर–काठमाडौं उडानको अवधिमा सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएको छ ।

दिउसो १२: ४५ देखि १ः१५ सम्म विमानस्थल बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन(नोटाम) जारी गरिसकेको छ ।