ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं,

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । से १ त ७८३८ नम्बरको ट्याक्टर चौरपाटी गाउँपालिका २ मा आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा १६ वर्षीय रमेश साउद, १५ वर्षीया काली साउद र १५ वर्षीया लक्ष्मी साउद रहेको प्रहरीले जानकारी दिएको छ । मृतक सबै विद्यार्थी रहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo