मस्र्याङदीमा फसेका चारजनाको प्रहरीद्वारा सकुशल उद्धार

मस्र्याङदीमा फसेका चारजनाको प्रहरीद्वारा सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

लमजुङ,

नदीको बहाव बढेपछि मस्र्याङ्दीमा फसेका चार जनाको प्रहरीले उद्दार गरेको छ ।

बेंसीसहर नगरपालिका ८ र १० जोड्ने मस्र्याङदी पुल मुनीबाट बेंसीशहर नगरपालिका ७ सातविसेका जगतबहादुर गुरुङ र ओसन गुरुङलाई आइतबार दिउँसो उद्दार गरिएको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए ।

उनका अनुसार भारतको बेतिया जिल्ला जगदिसपुर झांग्रा ८ घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्दै आएका मुन्ना पटेललाई पनि बेंसीसहर नगरपालिका ११, चिती जाने पुलमुनीबाट उद्दार गरिएको छ ।

तीनै जना कामको शिलशिलामा मस्र्याङदी नदी किनार पुगेको र मस्र्याङदीको बहाव बढेपछि फसेको प्रहरीले बताएको छ । बाढीले केही दाउरा बगाएको र केहीको घरमा पानी चुहिन गएर क्षति पु¥याएको प्रहरीले बताएको छ ।
गोरखापत्रबाट

Skip This
Logo