आज वर्षकै लामो दिन

आज वर्षकै लामो दिन


आज (२१ जुन) यो वर्षकै लामो दिन हो । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

सामान्यतया: आजको दिन पृथ्वीको  उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । आज  नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय झन्डै १४ घण्टाको बिचमा हुन्छ। भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।

प्रायजसो जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ ।

Logo