विश्वकप क्रिकेट : अष्ट्रेलिया बंगलादेशसँग ४८ रनले विजयी

विश्वकप क्रिकेट : अष्ट्रेलिया बंगलादेशसँग ४८ रनले विजयी


काठमाडौं,

विश्वकप क्रिकेट अन्तर्गत विहिबारको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरी शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा पनि सुरक्षित जस्तै बनेको छ । उसले ६ खेलबाट १० अंक जोडेको छ ।

अष्ट्रेलियाले दिएको ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले सबै विकेट गुमाएर ३३३ रन मात्र जोड्न सक्यो । जारी विश्वकपमा बंगलादेशको यो तेस्रो हार हो । आज आयोजक इंग्ल्याण्ड र श्रीलंकावीच खेल हुने तालिका छ ।

Logo