जुम्लाका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुनै यातना नदिएको प्रहरीले दावी गरेको छ। पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै चर्को विरोध भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो। "/>

ज्ञानेन्द्र शाहीलाई यातना दिइएको छैन- प्रहरी

ज्ञानेन्द्र शाहीलाई यातना दिइएको छैन- प्रहरी


जुम्लाका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुनै यातना नदिएको प्रहरीले दावी गरेको छ। पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै चर्को विरोध भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो।

‘घटनाका सन्दर्भमा एक पक्षीय कुराहरु बाहिर आएकाले आम जनतामा भ्रम सृजना भएको छ’ सोमबार पत्रकार सम्मेलन गरेर डिआइजी महेशविक्रम शाहले भने, ‘हिरासतमै नराखेको व्यक्तिलाई प्रहरीले यातना दियो भन्नु सरासर गलत हो।’

डिआइजी शाहले खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताए। गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए।

शाहीको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।

Logo