मृृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको विल्लवको स्वीकारोक्ति

मृृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको विल्लवको स्वीकारोक्ति


काठमाडौं,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आईतवार काठमाडौँमा भएको बम विष्फोटमा मृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको स्वीकारेको छ । सोमबार विप्लवले एक विज्ञप्ति जारी गर्दै विस्फोटमा मृत्यु हुने चारै जना आफ्नै कार्यकर्ता भएको स्वीकार गरेको हो ।

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका छन् । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी सरकारको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।

Logo