अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री हकको निधन

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री हकको निधन


काठमाडौँ,

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको बिहीबार ८९ वर्षको उमेरमा निधन भएको छ । राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अस्ट्रेलियाको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रूपान्तरणको नमुना स्थापित गरेका थिए ।

‘आज हामीले बब हकलाई गुमाएका छौँ, उहाँ एक महान् अस्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,’ उनकी श्रीमती ब्लान्च डी अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ ।

बब हक र पउल किटिङको सरकारले अस्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीकरण गरेको र उनको  कार्यकालमा आर्थिक स्वतन्त्रता र रोजगारी बढेको वक्तव्यमा उल्लेख छ । संघीय निर्वाचनको दुई दिनअघि उनको निधन भएको हो । लेबर पार्टीका नेता बिल सर्टनले पार्टीले सच्चा सिपाही गुमाएको बताए ।

Logo