आगलागीबाट पाँच घर नस्ट, ८६ लाखको धनमाल क्षति

आगलागीबाट पाँच घर नस्ट, ८६ लाखको धनमाल क्षति


रसुवा

घरमा जडान भएको विद्युत सट हुँदा विहिबार रसुवामा पाँच घर जलेर लाखौंको धनमाल नस्ट भएको छ ।

नौकुण्ड गाउँपालिका वडा नं १ थाङदोरमा करिव ३ वजे लागेको आगो नेपाल प्रहरी र कालिजंग गण अन्तरगत फलाखु खोला हाईड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेनाद्वारा साँझ ६ वजे नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी प्रसाद भण्डारीले जानकारी दि ए।

लछिन लामाको घरमा रहेको विद्युत लाईन सर्ट हुँदा लागेको आगोले लस्करै रहेका ५ ओटा घर नस्ट भएको छ । लछिन लामा, किप्पा नेकोर, ज्ञानु लामा, दावाफुर्पा लामा र मेन्दोपासाङ थोक्राको घर पुर्णरूपमा क्षति भएको हो । विवरण संकलन वाट ८६ लाख ५० हजार वरावरको धनमाल क्षतिको विवरण संकलन भइ सकेको प्रहरी प्रवक्ता भण्डारीले वताए।
नेपाल समाचारपत्रबाट

Logo