६० वर्षीया महिलाले गरिन् आफ्नै श्रीमानको हत्या

६० वर्षीया महिलाले गरिन् आफ्नै श्रीमानको हत्या


काभ्रे । काभ्रेमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । धुलिखेल–२ रवीओपीमा ६० वर्षीया लालीमाया तामाङले ६५ वर्षीय श्रीमान शुक्रराम तामाङको हत्या गरेकी हुन् ।

उनले खुर्पाले हानेर शुक्ररामको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । लालीमायाले घरयासी झगडामा श्रीमानलाई खुर्पा प्रहार गरेकी इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

खुर्पा प्रहार गर्दा उनको खुट्टा काटिएको थियो । खुट्टा काटिदिएपछि रगत धेरै बगेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ । अभियुक्त लालीमायालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भट्टराईको भनाई छ ।

Logo