यी हुन्, मन्त्रिपरिषद् बैठकका २२ निर्णय

यी हुन्, मन्त्रिपरिषद् बैठकका २२ निर्णय


काठमाडौं । सरकारले पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई पानी जहाज कार्यालयको रजिस्टार नियुक्त गरेको हो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले चैत्र ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

त्यसैगरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस समेत गरेको छ ।

आयोग अध्यक्षमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एक सदस्य रहने छन्।

त्यसैगरी अन्य सदस्यमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र शर्मिला कार्की सिफारिस भएका छन् ।

 

Logo