साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले जित हासिल गरेको छ।

विराटनगरको सहिद रंगशालामा बंगलादेशविरुद्ध शनिबार दिउँसो भएको खेलमा नेपालले ३–० ले जित हासिल गरेको हो। "/>

बंगलादेशबिरुद्ध शानदार जित, नेपाल बन्यो समूह विजेता

बंगलादेशबिरुद्ध शानदार जित, नेपाल बन्यो समूह विजेता


साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले जित हासिल गरेको छ।

विराटनगरको सहिद रंगशालामा बंगलादेशविरुद्ध शनिबार दिउँसो भएको खेलमा नेपालले ३–० ले जित हासिल गरेको हो। जितसंगै नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बनेको छ ।

सुरुवातबाटै निकै आक्रामक रुपमा खेलेको नेपालले छैटौं मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो । २३ औं मिनेटमा नेपालले सावित्राको गोलमा अग्रता दोब्बर बनायो। योसँगै सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २४ पुगेको छ। लगत्तै २८ औं मिनेटमा सावित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् ।

नेपाल र बंगलादेश समूह विजेताका बन्ने लक्ष्यका साथ मैदान उत्रिएका थिए। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Logo