फ्राइडे रिलिजः तीन फिल्मको भिडन्त

फ्राइडे रिलिजः तीन फिल्मको भिडन्त


काठमाडौं । चैत्र १ गते शुक्रबार तीन नेपाली चलचित्रहरु प्रर्दशनमा आएका छन् । ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ गरि तीन नेपाली चलचित्र सिनेहलमा प्रदर्शनमा आएका छन् ।

जानी नजानी
रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जानी नजानी’ लाई वशन्त अधिकारीले निर्देशन गरेका हुन् । यस चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सनी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त मर्हजन, रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा कथा, पटकथा र संवाद सामिप्यराज तिमल्सिनाको रहेको छ । सागर काजी माली र मोदानाथ खनालले लगानी गरेको चलचित्रमा सञ्जय लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ ।

पुरानो बुलेट
अनुपविक्रम शाही स्टार फिल्म ‘पुरानो बुलेट’ पनि आजबाट प्रदर्शनमा आएको छ । क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘पुरानो बुलेट’ लाई भिषण राईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बू मुख्य भूमिकामा छन् । साथै चलचित्रमा कृष्ण भक्त मर्हजन, कविता आले, बिराट लिम्बु, करण धिताल, अशोक कुमार राई, टीकाराम राई लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

द म्यान फ्रम काठमाडौं
चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ पनि आजबाट प्रदर्शन भएको हो । आना शर्मा र अमेरिकी अभिनेता जोसे म्यानुअलको मुख्य भूमिका रहेको चलचित्रलाई नकिम उद्दिनले निर्माण गरेका हुन् ।

यस चलचित्रमा आना शर्मा र जोसे म्यानुअलसँगै नीर शाह, शिशिर वाङ्देल, कर्मा शाक्य, आमिर गौतम, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख लगायतका कलाकारहरुले अभिनय गरेका छन् । पाँच करोडको लगानीमा निर्माण भएको चलचित्रको छायांकन लस एञ्जलस् र काठमाडौंमा गरिएको हो ।

Logo