त्रिवि विरुद्ध सत्तारुढ विद्यार्थीले आन्दोलन गर्ने

त्रिवि विरुद्ध सत्तारुढ विद्यार्थीले आन्दोलन गर्ने


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

अखिल र अखिल (क्रान्तिकारी) ले एक विज्ञप्ती जारी गर्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । अखिल र क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् ।

त्यस्तै मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिनेछ । त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।

मिति तय गरेपनि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छैन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले निर्वाचन मिति सार्नुपर्ने माग राख्दैं आएको छ ।

Logo