#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32447315988230750992423949161
नेपाल693014531843750411

कालीगण्डकीमा पानीको बहाब बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

पर्वत

म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान रहेको मुस्ताङको तल्लो भाग देखि म्याग्दीको उत्तरी क्षेत्रमा बर्षा भएका कारण पानीको बहाव ह्वात्तै बढेको हो।

वर्षाले बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू चिन्तित भएका छन् । कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रमा दाउरा संकलन गर्न जानेहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेका छन् ।

नदीमा पानीको बहाव बढेसँगै साविकको धौलागिरी अञ्चलको मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्रमा उच्च जोखिम हुने गरेको छ । त्यसमा पनि सबैभन्दा बढी जोखीममा कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको पारी बेनी र पर्वतको वारी बेनी तथा पर्वत र बागलुङको सिमाना मालढुंगामा रहेको माझी बस्ती सहित बजार बढी छन् ।

तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । जोखिमपूर्ण तरिकाले दाउरा संकलन गर्नेलाई समेत निरुत्साहित गर्न प्रहरीले ध्यान दिइरहेको उनको भनाइ छ । बेनीबजार र पर्वत बेनीमा संरक्षणका लागि बनाइएको तटबन्धले तटीय क्षेत्रका बासिन्दालाई केही राहत भने मिलेको छ ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार