आज वर्षा र संजोग ‘सन्सा’ जोडी विवाह बन्धनमा बाधिदैं

आज वर्षा र संजोग ‘सन्सा’ जोडी विवाह बन्धनमा बाधिदैं


नेपाली फिल्म जगतका क्युट कपल नायिका वर्षा राउत र अनिभेता संजोग कोईराला आज बैवाहिक बन्धनमा बाधिदैंछन् । ‘भ्यालेनटाइन डे’ अर्थात प्रेम दिवसकै दिन बैवाहिक बन्धनमा बाधिन लागेका हुन् ।

६ वर्षको लामो प्रेम सम्बन्धपछि अन्ततः नायिका विवाह बन्धनमा बाधिन लागेका हुन् । गत सोमबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

वर्षा र संजोगलाई ‘सन्सा’ को क्युट उपमा दिईएको छ । उनीहरुको इन्गेजमेन्ट र मेहेन्दीका तस्विरहरु अहिलो सामाजिक सञ्जालहरुमा निकै भाइरल भएका छन् । साथै वर्षा र संजोगलाई अहिले विवाहको शुभकामना दिनेहरुको ओइरो लागेको छ ।

उनीहरुको पहिलो भेट ७ अगाडि एक फिल्मको अडिसनको क्रममा भएको थियो । वर्षा राउत अहिलेको चल्तीकी नायिकामा पर्दछिन् ।

उनी अभिनित फिल्म ‘गोपी’ अहिले प्रर्दशनरत छ भने संजोग पनि बेला बखतमा फाटफुट फिल्महरुमा देखि रहेका हुन्छन् । उनी अभिनित पछिल्लो फिल्म कथा काठमाडौं हो । साथै संजोग आफ्नै व्यवसायमा व्यस्त रहनन्छन् ।

Logo