औंठी साट्दै वर्षा र संजोगले जुराए संयुक्त नाम ‘सन्सा’

औंठी साट्दै वर्षा र संजोगले जुराए संयुक्त नाम ‘सन्सा’


प्रेम दिवसको दिन विवाह गर्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टिकाटालो गरेका छन् । सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाएका हुन् ।

इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् ।  दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । ७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो ।

अभिनेत्री वर्षाले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बाचा गरेकी छन् । उनको नयाँ फिल्म ‘गोपी’ अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनको ‘चौका दाउ’ प्रदर्शनमा आएको थियो । अहिले उनी ‘जात्रै जात्रा’ मा व्यस्त छिन् ।

अभिनेता संजोग भने फाट्टफुट्ट फिल्महरु गरिरहेका हुन्छन् । ‘सन्सा’ जोडीले पहिलो पटक साथमा फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा काम गरेका छन् ।

Logo