केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

एसपीको राजिनामादेखि नक्कली नोटको बिगबिगीसम्म

एसपीको राजिनामादेखि नक्कली नोटको बिगबिगीसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

माथिल्लो त्रिशूली ‘थ्री बी’ ले सर्वसाधारणलाई १५ प्रतिशत आइपीओ दिने

माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । हिउँदमा १० हजार मेगावाट उत्पादन हुन कम्तीमा पनि १५ हजार मेगावाट उत्पादन हुने आयोजना चाहिन्छ”, उनले भने ।

सरकारी डाक्टरमाथि प्रहरीको लाठीचार्ज, २० भन्दा बढी पक्राउ

कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाउँदैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ । सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरिएको हो । उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

‘सालको पात टपरी’ गीत कस्को ?

वर्षौ अगाडि ‘सिमसिमे पानीमा ज्यानले बेईमान गर्छौ कि जिन्दगानीमा’ भन्ने गीत लोक गायक प्रेमराजा महत र गायिका रेखा शाहको स्वरमा बजारमा आएको थियो । त्यो गीत यति चर्चित भयो कि गीतको चर्चाले अग्रज गायक प्रेमराजा महत लोभिए । त्यसपछि बजारमा सिमसिमे पानीमा गीतको चर्चा हुँदा उक्त गीत प्रेमराजा महतको भएको भन्ने हल्ला आफसेआफ हुन थाल्यो ।

त्यो हल्ला नियत बस गराईएको थियो या अग्रज भएका नाताले उनले जस पाएका थिए त्यो यसै भन्न सकिदैन तर रेखा शाहले त्यो गीत आफ्नो भएको प्रमाणित गराउन भने वर्षौ सम्म अदालतमा मुद्दा लड्नुपर्यो । आखिर अदालतले सिमसिमे पानीमा भन्ने गीतको स्वामित्व रेखा शाहमा निहित रहने फैसला गर्यो ।

राजधानीमा ठूलो मात्रामा नक्कली नोट बरामद

राजधानीमा ठूलो परिमाणको नक्कली नोट सहित एक जना पक्राउ परेका छन । नेपाल प्रहरीले राजधानीको टोखा नगरपालिका-१० गणेशस्थानबाट १ हजार दरका नक्कली १ सय ५२ थान नोट बरामद गरेको हो ।

विज्ञापनदाता नभेटे सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्ने (भिडियो रिपोर्ट)

अहिले कतिपय सञ्चारमाध्यमहरुले स्रोत नखुलेका विज्ञापनहरु समेत प्रकाशन प्रशारण गर्दै आएका छन् । तर, अब त्यसरी विज्ञापन प्रकाशन प्रशारण गर्न नपाइने भएको छ ।

सरकारले ल्याउन लागेको विज्ञापन नियमन ऐनमा यस्तो व्यवस्था गरिएको छ । सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा पेश गरेका छन् । विधेयकको दफा १२ को उपदफा १ मा विज्ञापन प्रकाशन प्रशारण गर्ने सञ्चारमाध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा जानकारी लिएर मात्रै विज्ञापन गर्नुपर्ने उल्लेख छ ।

अहिलेको काङ्ग्रेस जमेको पोखरी जस्तो, म सभापति लड्न तयार छु- गगन थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

आईजीपीले अन्याय गरेको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

बढुवाप्रति असुन्तुष्टि जनाउँदैं नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले शनिबार मात्रै १४ एसपी र २६ डिएसपीको बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिएको भन्दै एसपी उप्रेतीले असन्तुष्टि जनाउँदैं राजीनामा दिएका हुन् । आफु अन्यायमा परेको भन्दै संगठन बसिरहन उपयुक्त नलागेर राजीनामा दिएको एसपी उप्रेतीको भनाई छ । मलाई बढुवामा अन्याय गरे । म भन्दा कनिष्टलाई एसएसपी बनाईए ।

किसानका उत्पादित वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल

३६० किलो चरेससहित तीन भारतीय पक्राउ

४ कक्षामा पढ्ने बालिकाले लेखिन् प्रधानमन्त्रीलाई पत्र

अनाथ बालबालिकासँग भ्यालेन्टाइन

आकाश र आँचल सुटुक्क धुलिखेलमा, जब सरप्राईज बर्ड विस गरियो

‘ए मेरो हजुर ३’ टिजरमा रोमान्टिक अनमोल र सुहाना

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo