डा. केसी विरोधी विजय थापाको समर्थनमा शिक्षणमा प्रदर्शन

डा. केसी विरोधी विजय थापाको समर्थनमा शिक्षणमा प्रदर्शन


काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन भएको छ । स्वतन्त्र युवाहरुले थापाको समर्थनमा त्रिवि शिक्षण अस्पताल परिसरमा प्रर्दशन गरेका हुन् ।

अर्का अनशनरत प्रा. सँगको सम्झौताका क्रममा बनाइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै लागू हुनुपर्ने उनीहरुको माग छ । अनशनरत थापाले संसदीय समितिले पारित परेको विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेका छन् ।

थापा यसअघि डा. गोबिन्द केसीसँगै इलाममा अनशनमा बसेका थिए । थापालाई झापाको भद्रपुर हुँदै सेनाको हेलिकोप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो ।

त्रिवि शिक्षण अस्पतालले डा. गोविन्द केसीबिरुद्ध अनशन बसेका विद्यार्थी नेता थापालाई राख्न अस्वीकार गरेको थियो । तर सरकारको निर्देशनमा थापालाई शिक्षणमै भर्ना गरिएको छ।

डा. केसीले आफुसँग गरिएको सहमतीका आधारमा चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माम गर्दै १६ औं पटक अनसनमा बसेका छन् । उनको विरुद्धमा थापा पनि अनसनमा बसेका हुन् ।

Logo