बाबुरामको खुलाशा, ‘वाईडबडीमा ओली र देउवाबीच ढाकछोप गर्ने सहमति भईसक्यो’

बाबुरामको खुलाशा, ‘वाईडबडीमा ओली र देउवाबीच ढाकछोप गर्ने सहमति भईसक्यो’


काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाईडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दावी गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको बताए ।

नयाँ शक्ति पार्टी, नेपालले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ । संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कारवाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने बताए ।

वाईडबडी विमान खरिदमा करिब ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो । संयोजक भट्टराईले सो काण्डमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

Logo