मेलम्चीको एकतर्फी ठेक्का तोडेको इटालियन ठेकेदार काममा फर्किने

मेलम्चीको एकतर्फी ठेक्का तोडेको इटालियन ठेकेदार काममा फर्किने


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेको इटालियन ठेकेदार कम्पनी सीएमसी पुनः काममा फर्कने भएको छ । ‘टाट पल्टेको’ घोषणा गर्दै गत सोमबार सरकारलाई पत्र लेख्दै आयोजनाको बाँकी काम आफुले गर्न नसक्ने जनाएको थियो ।

सरकारले अन्तिम समयमा आएर एकपक्षीय रुपमा ठेक्का रद्द नगर्न र तुरुन्तै काममा फर्किन आग्रह गर्दै आइरहेको थियो। सीएमसीले काम नगरे अन्य नेपाली कम्पनी मार्फत भएपनि बाँकी काम समयमै सक्ने पक्षमा सरकार थियो।

तर, आइतबार राति मन्त्रालयमा भएको छलफल पछि सीएससीले नै बाँकी रहेको काम सक्ने सहमति भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए।

मन्त्रालयमा भएको सहमतिपछि साइट छाडेर राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीहरुको नियन्त्रणमा लिइएको राहदानी उनीहरुलाई नै फिर्ता दिइएको थियो। सीएमसीले क्रिसमस मनाउन आफ्ना कर्मचारीलाई इटाली जान दिन र फर्केर आएपछि काम गर्ने सहमति भएको हो ।

Logo