सिड्नीमा सौन्दर्य प्रतियोगिताको माहौल तताउँदैं माल्भिका र मनिष

सिड्नीमा सौन्दर्य प्रतियोगिताको माहौल तताउँदैं माल्भिका र मनिष


सिड्नी । यहि डिसेम्बर २२ मा सिड्नीको ओरियन फन्सन सेन्टरमा सौन्दर्य प्रतियोगिता हुदैंछ । युनेईले प्रत्येक २ वर्षमा आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस ओसियान-२०१८’ मा २५ जना प्रतियोगिहरुले भाग लिएका छन् ।

उक्त प्रतियोगितामा पहिलो पटक तीन विधामा गरिन लागेको हो । यसअघि हुँदैं आएको मिस्टर र एण्ड मिसलाई एउटा विधा मिसेस थपेर तिन पुर्‍याईएको हो ।

११ जना मिस, ९ जना मिसेस र ५ जना मिस्टरले यो पटक भाग लिएका हुन् । यो पाचौं कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख आकर्षणमा मिस नेपाल २००२ माल्भिका सुब्बा र प्रख्यात फेसन डीजाइनर मनिष राई छन् । यो भन्दा पहिला २०१२ मा आयोजित कार्यक्रममा पनि सहभागी भईसकेकी सुब्बाले दोश्रो पटक आउँदा खुशी लागेको बताएकी छन् ।

त्यस्तै यो कार्यक्रममा प्रख्यात फेसन डीजाइनर मनिष राई पनि अर्को आकर्षण बन्नेछ । मिस नेपाल १८ अफ़िसिअल फेसन डीजाइनर मनिष राईले मिस वर्ल्ड २०१८ को प्रतियोगी श्रृंखला खतिवडाको ड्रेस डिजाईन पनि गरेका थिए । त्यस्तै २०१७ को मिस नेपाल निकिता चन्दक देखि लिएर मिस अर्थ, मिस इन्टरनेसनल सबैको ड्रेस डिजाईन गरिसकेका छन् ।

पहिलो पटक अष्ट्रेलियाको कार्यक्रममा आएका मनिष यो कार्यक्रमका लागि आफु धेरै उत्साहित रहेको बताए । प्रतियोगीहरुले पनि मिस नेपाल २००२ माल्भिका सुब्बाबाट नै ट्रेनिङ पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

यो पटक देखि हिंडन ट्रेजर नेपालको मापदण्ड पुगेको खण्डमा मिस ओसियान बिजेताले सिधै मिस नेपालमा भाग लिन पाउनेछ । कार्यक्रमको फाइनल ट्रेनिङ सेसन आज हुने कार्यक्रम संयोजक भुम लिम्बुले जानकारी दिए ।

Logo