जिरोको गीत ‘इशकवाजी’ मा शाहरुख र सलमान

जिरोको गीत ‘इशकवाजी’ मा शाहरुख र सलमान


फिल्म जिरोको दोस्रो गीत सार्वजनिक भएको छ । यो फिल्मको ‘इशकवाजी’ बोलको गीत सार्वजनिक भएको हो ।

दिव्य कुमार र सुकविन्दर सिंहको स्वर रहेको गीतमा अजय अतुलले संगीत भरेका छन् भने इर्शाद कमिलको शब्द दिएका छन् । यस गीतमा अभिनेता शाहरुख खानको साथमा अर्का अभिनेता सलमान खान पनि देखिएका छन् ।

रेड चिल्ली इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्म आनन्द एल राईले निर्देशन गरेका हुन् । जीरोमा शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । यो फिल्म डिसेम्बर २१ बाट रिलिज हुँदैछ ।

Logo