पहिलो पटक गाउँमा पुगेको गाडी हेर्न स्थानीयको भीड

पहिलो पटक गाउँमा पुगेको गाडी हेर्न स्थानीयको भीड


कालिकोट

शान्नि त्रिवेणी गाउँपालिकाको सेरिज्युला र लुसामा गाडी पुगेको छ । पुस्तौं देखि बर्दियाको राजापुर गएर पिठ्युँमा भारी बोक्दै आएका लुसा सेरिज्युलाका स्थानीयले गाउँमै गाडी पुगेपछि भव्य स्वागतसँगै खुसियाली मनाएका छन् ।

कर्णाली कोरिडोरको रेगिलदेखि लुसासम्मको ८ किलोमिटर सडक निर्माणपछि बिहीबार प्रतिनिधि सभाका सदस्य दुर्गा बहादुर रावतले सडकको उद्घाटन गरे । पहिलोपटक गाडी गुडेपछि स्थानीयले गाडी तथा अतिथिलाई फूलमाला र अबिर लगाएर स्वागत पनि गरेका छन् ।

गाउँमै पहिलो पटक गाडी पुगेपछि ८४ वर्षीय गोरे जैसी गाडी चढ्ने सपना पूरा भएकामा खुसी छन् । सडक उद्घाटन गर्दै कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य रावतले कालिकोटका सबै स्थानीयतहमा सडकलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

शान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले सडकलाई पहिलो प्राथमिकता दिएको बताउँदै अबको तीन वर्ष सम्ममा गाउँपालिकाका सबै वडामा गाडी गुडाउने प्रतिबद्धता जनाए । उनले २ करोड ५० लाख बजेटमा रेगिल सेरिज्युला हुँदै लुसासम्मको सडकको ट्र्याक खोलिएको बताउँदै सडक निर्माणका लागि नागरिकको सक्रियताले समयमै लुसामा गाडी पुगेको बताए ।
राजधानीबाट

Logo