नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेता तथा साहित्यकार प्रदिप नेपालले अहिलेको सरकारले जनताको उत्तरदायित्व बहन गर्न नसकेको बताएका छन् । "/>

प्रमाणहरु नष्ट गर्नु नै प्रहरीको पहिलो गल्ती: नेता नेपाल (भिडियोसहित)

प्रमाणहरु नष्ट गर्नु नै प्रहरीको पहिलो गल्ती: नेता नेपाल (भिडियोसहित)


नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेता तथा साहित्यकार प्रदिप नेपालले अहिलेको सरकारले जनताको उत्तरदायित्व बहन गर्न नसकेको बताएका छन् । उनले बलात्कार पछि हत्या गरिएकी स्व. बालिका निर्मला पन्तको हत्यरा अहिलेसम्म पत्ता लाग्न नसक्नु देशको लागि दुःखद घटना भएको बताएका हुन् ।

कञ्चनपुरकी १४ वर्षिया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । घटनाका प्रमाणहरु नष्ट गर्नु नै प्रहरीको पहिलो गल्ती रहेको बताउँदै उनले घटनामा प्रहरी र केहि त्यस्तै ठूला बडाको हात रहेको बताएका हुन् ।

यस घटनामा बम दिदि बहिनीको हात हुन नसक्ने धारणा व्यक्त गर्दै उनले बम बहिनीले बताए अनुसार निर्मलालाई आफ्नो दिदीले नचिनेको भनाइबाट पनि उनीहरुको हात हुन नसक्ने बताएका हुन् । नेपालले अनसन बसेर पनि निर्मला र उनका बुवाआमाले न्याय नपाउने धारणा व्यक्त गरे ।

Logo