काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको नतिजा कहिले प्रकाशित गर्ने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन् । खुल्ला र आन्तरिक तर्फका प्रतिस्पर्धीको एकैसाथ लिइएको परिक्षा कारणले गर्दा अस्थायी शिक्षक सेवाको परिक्षाफल कहिले प्रकाशन गर्ने भन्ने बारेमा अन्योलता छाएको हो । "/>

आयोग पदाधिकारी भन्छन्, ‘अस्थायी शिक्षकको नतिजा आउन महिनौ पनि लाग्न सक्छ’

आयोग पदाधिकारी भन्छन्, ‘अस्थायी शिक्षकको नतिजा आउन महिनौ पनि लाग्न सक्छ’


काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको नतिजा कहिले प्रकाशित गर्ने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन् । खुल्ला र आन्तरिक तर्फका प्रतिस्पर्धीको एकैसाथ लिइएको परिक्षा कारणले गर्दा अस्थायी शिक्षक सेवाको परिक्षाफल कहिले प्रकाशन गर्ने भन्ने बारेमा अन्योलता छाएको हो ।

नतिजा प्रकाशनको तयारी भईरहेपनि कहिले प्रकाशन गर्ने भन्ने मिति भने निश्चित भई नसकेको शिक्षक सेवा आयोगका प्रकाकीय प्रमुख डा. तुलसी प्रसाद थपलियाले जानकारी दिए । आयोगले दशै अगाडि नै अस्थायी शिक्षकको नतिजा प्रकाशन गर्ने बताउँदैं आएको थियो । तर असोजमा लिईएको स्थायी शिक्षकको परीक्षाका कारण त्यो पनि सरेको थियो ।

त्यसपछि तिहार लगत्तै सार्वजनिक गरिने आयोगले जनाएको थियो । तर अब भने शिक्षा मन्त्रालयले ग्रीन सिग्नल नदिँदासम्म नतिजा प्रकाशित गरिनेछैन् । तोकिएको समयमा काम पुरा नभएकोले परिक्षफल प्रकाशन हुन अझै केहि समय लाग्ने थपलियाको भनाई छ ।

नतिजा कहिले गर्ने भन्ने निर्णय नभइसकेको थपलियोको भनाई छ । गत असारमा अस्थायी शिक्षकको परीक्षा लिईएको थियो । थपलिया भन्छन्, ‘काम भईरहेको छ । नतिजा कहिले प्रकाशन गर्नेभन्नेबारे टुंगो लागेको छैन् । एक महिनाभित्र पनि हुनसक्छ । दुई तिन महिना पनि लाग्न सक्छ ।’

शिक्षा मन्त्रालयले फेल हुने परीक्षार्थीको हकमा दिईने गोल्डेन राहतका विषयमा निर्णय गर्न नसक्दा समस्या भईरहेको आयोगले जनाएको छ । त्यस्तै, खुलातर्फको उत्तरपुस्तिका र रुजु गर्ने काम पनि भईरहेको आयोगले जनाएको छ ।

असार २९ र ३० गते लिईएको अस्थायी शिक्षकको परीक्षामा २३ हजार २ सय ८६ आवेदन परेको थियो । शिक्षक सेवा आयोगले २२ हजार ७६ पदका लागि भर्ना आह्वान गरेको थियो ।

 

Logo