काठमाडौं

सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् । "/>

नेकपाको चियापानमा काँग्रेसको भन्दा चार गुणा बढी खर्च

नेकपाको चियापानमा काँग्रेसको भन्दा चार गुणा बढी खर्च


काठमाडौं

सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् ।

कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ र नेपाल सम्वतका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रष्ट हुन्छ । हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्याकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस वर्षको चियापानमा नेकपाको खर्च काँग्रेसको भन्दा चार गुणाले बढी देखिएको छ ।

अहिलेसम्म प्राप्त खर्च तथ्याङ्क अनुसार नेकपाले यो चियापानमा ४० लाख रुपैयाँ र नेपाली कांग्रेसले १० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक आयोजित उक्त कार्यक्रममा ५० हजार जनालाई निमन्त्रणा गरिएको नेकपाको दावी थियो । नेकपाद्वारा आयोजित चियापानमा खाजामा मात्र २९ लाख रुपैयाँ खर्च भएको छ । चियापानमा उपस्थिति भएका आमन्त्रित पाहुना तथा नेता/कार्यकर्तालाई चिया, कटौरी, निम्की केराको परिकार खुवाइएको थियो ।

नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेम पौडेलले खाजामा मात्र २९ लाख रुपैयाँको बिल आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘३२ लाखको बिल कार्यालयमा प्राप्त भएको छ अझै आठ लाखको बिल आउने अनुमान गरेका छौं ।’

यता चियापानको परम्परा थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने थोरै खर्चमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चियापानका लागि ७ लाख बजेट छुट्याइएको बताउँदै भन्नुभयो– ‘चियापानमा १६ हजारको उपस्थिति थियो, त्यसको खर्चको बिल सबै आइसकेको छैन, बढीमा १० लाख रुपैयाँ खर्च भयो होला ।’
नेपाल समाचारपत्रबाट

Logo