भारतले बिश्वकै अग्लो मूर्ति बनाएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पल्लभभाइ पटेलको १८२ मिटर अग्लो प्रतिमा अनावरण गरेका छन् । "/>

चीनलाई उछिन्दै भारतले बनायो बिश्वकै अग्लो मूर्ति, यस्ता छन् बिशेषता

चीनलाई उछिन्दै भारतले बनायो बिश्वकै अग्लो मूर्ति, यस्ता छन् बिशेषता


भारतले बिश्वकै अग्लो मूर्ति बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पल्लभभाइ पटेलको १८२ मिटर अग्लो प्रतिमा अनावरण गरेका छन् । उक्त अबसरमा यसअघि मोदीले ३० नदीबाट ल्याइएको जलले प्रतिमाको सामुन्ने रहेको शिवलिंगबाट अभिषेक गरेका थिए । साथमा ३० ब्राम्हणले मन्त्रोच्चारण पनि गरेका थिए । 

मूर्ति बनाउन भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको हो । मोदीले सबैजनाले भारत बिग्रिएको टिप्पणी गरिरहेका बेला सरदार पटेल मात्रै आशाका किरण रहेको पनि टिप्पणी गरे । 

विश्वमा अब दोस्रो अग्लो मूर्ति चीनस्थित स्प्रिङ्ग टेम्पलमा बुद्धको मूर्ति रहेको छ । जसको उचाई १५३ मिटर छ । सरकारले आम्दनीका लागि अब यो मूर्ति हेर्न टिकट पनि लगाउने भएको छ ।

यो प्रतिमा नर्मदा नदीमा रहेको सरदार सरोवर बाँधबाट ३.५ किलोमिट दूरीमा रहेको छ । यस मूर्तिका प्रमुख शिल्पकार ९२ वर्षीय राम वी सुतार हुन् । सरदार पटेलको स्ट्याच्यु अफ युनिटी हेर्न ३०५ भारतीय रुपैयाँ खर्च गर्नुपर्ने छ । 

स्ट्याच्यु अफ युनिटीको जम्मा तौल १७०० टन रहेको छ । यसको उचाई ५२२ फिट अर्थात १८२ मिटर रहेको छ। यो प्रतिमाको खुट्टाको उचाई ८० फिट, हाको उचाई ७० फिट, काँधको उचाई १४० फिट र अनुहारको उचाई ७० फिट छ ।

Logo