आइतबार बसेको मन्त्रीपरिषद् बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।  

बैठकले राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। "/>

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु


आइतबार बसेको मन्त्रीपरिषद् बैठकले बिभिन्न निर्णयहरु गरेको छ । 

बैठकले राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। सोमबारदेखि हुने चार दिने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। 

त्यस्तै बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले पदबाट हटाएको छ। सर्वोच्च अदालतमा मुद्दा चलिरहेका विषयमा सरकारले स्पष्टीकरण सोधेपछि उपाध्यायले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका थिए ।

साथै, सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय पनि गरेको छ। बैठकले श्रम सम्झौताको एमओयु स्वीकृत गरेको छ । 

सरकारले सबै सरकारी निकायमा विद्युतीय प्रणालीबाट पत्राचार गर्न विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका पनि नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

Logo