काठमाडौं । अबदेखि देशभरका पण्डितहरुले वेमौसमी विवाह नगर्ने भएका छन् । केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले बेमौसमी महिनामा विवाह नगर्ने भएका हुन् । "/>

के तपाई भदौं, असोज, कात्तिक, पुस र चैत्रमा विवाह गर्दै हुनुहुन्छ ? पण्डित नै नपाईएला !

के तपाई भदौं, असोज, कात्तिक, पुस र चैत्रमा विवाह गर्दै हुनुहुन्छ ? पण्डित नै नपाईएला !


काठमाडौं । अबदेखि देशभरका पण्डितहरुले वेमौसमी विवाह नगर्ने भएका छन् । केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले बेमौसमी महिनामा विवाह नगर्ने भएका हुन् ।

यसको लागि उनीहरुले संहिता नै बनाएका छन् । देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय गरेको हो । अबदेखि यी बेमौसमी महिना पण्डितहरुले विवाह गराउन पाउनेछैनन् ।

भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन गरिएको संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले बताए ।

पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको उनको भनाई छ । ‘अबदेखि यी महिनामा विवाह गर्ने काम बन्द गरौं, कसैले सोधेमा वा साइत निकाल्न भनेमा स्पष्ट रूपमा हुँदैन, गर्दैनौं भनिदिनोस् ।’ उनले सबै पण्डितहरुलाई निदैं भने ।

 

Logo