काठमाडौँ

फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले विहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हो । "/>

फिफा बरियतामा नेपालको एक स्थान खस्कियो : बेल्जियम शीर्ष स्थानमा

फिफा बरियतामा नेपालको एक स्थान खस्कियो : बेल्जियम शीर्ष स्थानमा


काठमाडौँ

फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले विहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६० औँ स्थानमा थियो ।

दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७ औँ, माल्दिभ्स १५१, भूटान १८८ औं स्थानमा रहँदा बङ्गलादेश १९४ औं, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औं स्थानमा छन् ।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा परेको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क छन् ।
नागरिकबाट

Logo