बेइजिङ

चीनले समुन्द्रमा संसारकै सबैभन्दा लामो पुल निर्माण गरेको छ । हालै निर्माण भएको ५५ किलोमिटर लामो पुल उद्घाटनको तयारीमा चीन लागेको छ । "/>

चीनले समुन्द्रमा बनायो सबैभन्दा लामो पुल !

चीनले समुन्द्रमा बनायो सबैभन्दा लामो पुल !


बेइजिङ

चीनले समुन्द्रमा संसारकै सबैभन्दा लामो पुल निर्माण गरेको छ । हालै निर्माण भएको ५५ किलोमिटर लामो पुल उद्घाटनको तयारीमा चीन लागेको छ । हङकङ–झुहाई एन्ड मकाउ पुल बुधबार (भोली ) आम जनताका लागि खुला गरिनेछ । यो नदी या समुन्द्रमा निर्माण भएको संसारको छैठौं लामो पुल हुनेछ ।

यो नयाँ सी ब्रिजले साउथ चाइना सीमा रहेको पर्ल लिभर डेल्टाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेछ । झुहाई चीनको मुख्य भूमिमा बसेको सहर हो । यो सहर क्षेत्र हङकङ र मकाउ दुवै विशेष प्रशासनिक क्षेत्रमा जोडिन्छ ।

यो पुलमा डबल थ्री लेन रहेको छ । जो समुन्द्र माथि २२.९ किलोमिटर छ भने ६.७ किलोमिटर समुन्द्र मुनी सुरुङमा रहेको छ । जसको गहिराई ४४ मिटर सम्म रहेको छ । पुलको बाँकी भाग जमिनमा बनेको छ । सुरुङको दुवैतर्फ कृतिम टापु रहेका छन् । यी टापुहरु १० लाख वर्गफुट भन्दा बढी क्षेत्रमा बनेका छन् । यो पर्ल रिभर एश्चुअरीको कम गहिरो क्षेत्रमा बनेको छ, ताकि पुन र सुरुङको इलाकाबीचमा ट्रान्जिट प्राप्त होस् ।

समुन्द्रको मुनी बनेको सुरुङ ३३ ब्लकमा तयार भएको छ । जसमा ३८ मिटर चौडाई र ११.४ मिटर उचाई तथा ८० हजार टन भारबहन क्षमताको रहेको छ । यो पुलमा ४ लाख टन स्टिल लगाइएको छ । जसले ८ रेक्टरस्केलको भूकम्पलाई पनि सजिलै धान्न सक्छ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुहाईसम्म जान ४ घन्टा समय लाग्छ ।

जुन अब घटेर ४५ मिनेट हुनेछ । क्वाई चुङ्ग कन्टेनर पोर्ट (हङकङ ) र झुहाईबीच आउने जाने समय अब साँढे ३ घन्टा घटेर १ घन्टा १५ मिनेट हुनेछ । यद्यपि यो पुलको धेरैले आलोचना गरेका छन् । आलोचकले यो पुलका माध्यमबाट चीनले हङकङ र मकाउ माथि आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिन खोजेको आरोप लगाएका छन् ।

हङकङ र मकाउ दुवै विगतमा युरोपेली राष्ट्रको उपनिवेशका रुपमा रहेर सन् १९९० को दशमा चीनको नियन्त्रणमा आएका थिए । यी दुवै एक राष्ट्र दुई व्यवस्थाको सिद्धान्तबाट चलेका छन् । यो पुलले तीन वटा सहरबीचको दुरी एक घन्टामा झार्नुका साथै आर्थिक विकासमा बल मिल्नेछ । यो परियोजनाको परिकल्पना सन् २००३ मा आएर डिसेम्बर २००९ मा निर्माण सुरु भएको थियो ।

यो पूरा हुन १२० अरब युआन अर्थात करिब १७.३ अरब डलर खर्च भएको छ । यसको रकम हङकङ, मकाउ र झुहाई मिलेर उठाइरहेका छन् ।
एजेन्सी

Logo