मिसिगन युनिर्भसीटीको रिसर्च अनुसार जंकफूड छोड्नु भनेको ड्रग्स छोड्नु जत्तिकै मुस्किल हुन्छ । यदि कोहि व्यक्ति अचानक जंकफूड खान बन्द गर्छ उसलाई कम्तिमा एक हप्ता सम्म थकान, डिप्रेसन र टाउको दुख्ने जस्ता समस्या रहन सक्छ । "/>

जंकफूड एडिक्सन, के हुन्छ असर ?

जंकफूड एडिक्सन, के हुन्छ असर ?


मिसिगन युनिर्भसीटीको रिसर्च अनुसार जंकफूड छोड्नु भनेको ड्रग्स छोड्नु जत्तिकै मुस्किल हुन्छ । यदि कोहि व्यक्ति अचानक जंकफूड खान बन्द गर्छ उसलाई कम्तिमा एक हप्ता सम्म थकान, डिप्रेसन र टाउको दुख्ने जस्ता समस्या रहन सक्छ । यस्तै लक्षण ड्रग्स छोड्ने व्यक्तिलाई पनि हुन्छ ।

रिपोर्टमा यो पनि बताइएको छ की यदि सुरुवातको पाँच दिन जंकफुड खान छोडिदिएमा उसको लागि जंकफूड पुरै खान छोड्नु सजिलो हुन्छ । यसको साथै सबै नराम्रो असर पनि विस्तारै बन्द हुँदै जान्छ । रिसर्चको अनुसार बोसोयुक्त खानाले दिमागलाई लतको शिकार बनाइदिन्छ । र केहि समयपछि आफ्नो डाइट बदल्न पनि गाह्रो हुन्छ ।

मोटोपन बढाउँछ फास्टफूडः
रिसर्चर डाक्टर एसली गियरहार्टका अनुसार चिनी र नुन दुइटै कुरा मानिसलाई खान प्रवल इच्छा हुन्छ । फास्टफूडमा चिनी र नुनको मात्रा बढि हुन्छ । भोक लागेको बेला मानिसलाई फास्टफूड खान मन लाग्छ । उनीहरुले आफ्नो इच्छा नियन्त्रण गर्न सक्दैनन् । र मोटोपनको शिकार हुन्छ ।

२ सय ३१ जना मानिसमा रिसर्चः
२ सय ३१ जना वयस्क मानिसमा रिसर्च गरेर यो रिपोर्ट तयार गरेको थियो । सबैजनालाई फास्टफूड छोड्दा कस्तो महसुस भयो भनेर सोधिएको थियो । सबैको एउटै समस्या थियो । पाँच दिनपछि उनीहरुको हालत सामान्य हुन थालेको थियो । र फास्टफूड छोड्न सजिलो भएको थियो ।

२७ वर्षपछि २५ प्रतिशत मानिसमा मोटोपनः
एक रिसर्चका अनुसार संसारमा करिब एक चौथाई जनसंख्या सन् २०४५ सम्म मोटोपनको सामना गरिरहेका हुनेछन् । यहि मोटोपनको कारण आउने दिनहरुमा हरेक आठ मध्ये एक व्यक्ति टाइप–२ मधुमेह (नियन्त्रण गर्न सकिने तर निको चाँही नहुने) को शिकार हुनेछन् । र मानिसहरुमा मुटुको बिरामी र क्यान्सरको खतरा पनि बढ्नेछ ।

Logo