नवलपरासी
अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन बमोजिम बाहेक स्थानीय तहले कर उठाउन नपाउने बताएका छन् ।

नवलपरासी पूर्व कावासोती नगरपालिकामा आइतबार करदाता सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले दोहोरो कर सरकारले नलगाउने बताए । "/>

कानुन सम्मत नभएको कर स्थानीय तहले उठाउन मिल्दैन : अर्थमन्त्री खतिवडा

कानुन सम्मत नभएको कर स्थानीय तहले उठाउन मिल्दैन : अर्थमन्त्री खतिवडा


नवलपरासी
अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन बमोजिम बाहेक स्थानीय तहले कर उठाउन नपाउने बताएका छन् ।

नवलपरासी पूर्व कावासोती नगरपालिकामा आइतबार करदाता सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले दोहोरो कर सरकारले नलगाउने बताए । उनले भने – ‘प्रचारमा आए जस्तो नेकपा सरकारले जथाभाबि कर लगाएको छैन । ’

मन्त्री खतिवडाले करका बारेमा केही द्विविधा भए व्यवसायीहरुसँग छलफल गरेर समाधान गरिने उल्लेख गरे । यस्तै उनले करको दायरामा नआएमा राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न नसक्ने हुँदा सबै नागरिकले कर तिर्नबाट पछि हट्न नहुने बताए । ‘राज्यसँग कुनै कोष हुदैन एक हातले दिने एक हातले लिने हो ।’ खतिवडाले भने ।

यस्तै उनले उत्पादन नबढाई आम्दानी नहुने, आम्दानी नबढी कर नबढ्ने र कर नबढे सरकारले सामाजिक सुरक्षाको दायित्व पुरा गर्न नसक्ने भएकाले उत्पादन बृद्धिमा सबै लाग्नु पर्ने उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo