काठमाडौं । दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्न हिडेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ । शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतीबाट गोरखाको छोप्राक स्थायी घर भएका एक युवकको उद्धार गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । "/>

दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्न हिँडेका युवकको उद्धार

दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्न हिँडेका युवकको उद्धार


काठमाडौं । दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्न हिडेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ । शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतीबाट गोरखाको छोप्राक स्थायी घर भएका एक युवकको उद्धार गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

आत्महत्या गर्न भनेर उनी शुक्रवार बिहानै डेराबाट निस्किएका थिए । लिम्बुले केही समयमा दिदीको मोबाइलमा म्यासेज गर्दै आत्महत्या गर्ने जानकारी दिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले खोजी गरेको थियो । खोजतलासको क्रममा प्रहरीले शेषमतीबाट उनको उद्धार गरिएको हो ।

 

 

Logo