#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18447239697222607010811679909
नेपाल2075057573214961

महेन्द्रनगरमा छाडा पशु चौपाया समस्या बल्झाउने अर्को खेल

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा फेरि छाडा पशु चौपाया समस्या बल्झाउने खेल सुरु भएको छ । भीनपा वडा नं. १९ मा बागफाँटामा छाडा चौपाया व्यवस्थापन कार्य सुरु गरिएपछि त्यसलाई असफल बनाउने प्रयास गर्न थालिएको हो ।

स्थानीय तह निर्वाचनपछि छाडा पशु चौपायाको समस्या बल्झाउँदै आएको गिरोह फेरि समस्या बल्झाउन सक्रिय हुन थालेको छ । चुनावपछि त्यो गिरोहले छाडा पशु चौपाया समस्या देखाएर भीमदत्त नगरपालिकाका विरुद्ध दुष्प्रचार फैलाएको थियो । स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि छाडा पशु चौपायालाई नगरपालिका कार्यालयमा ल्याएर हुलेको थियो ।

अहिले बागफाँटामा व्यवस्थापन सुरु गरिएपछि फेरि समस्या बल्झाउन गाउँ घरका गाई गोरुलाई बजारमा ल्याएर छाड्न थालिएको छ । बागफाँटामा गौशला सञ्चालक विरुद्ध स्थानीय भड्काउने प्रयास गरिएको छ । स्थानीय भड्काएर गौशाला सञ्चालनमा अवरोध गर्न खोजेको देखिएको छ ।

स्थानीय तह निर्वाचन गरिएका प्रतिवद्धता अनुसार छाडा पशु चौपाया गरिएको छ । छाडा पशु चौपाया समस्या बल्झाउन केही दलका कार्यकर्ता परिचालन गरिएका छन् । उनीहरु छाडा पशु चौपाया समस्यालाई राजनीतिकरण गरी नगरपालिका विरुद्ध दुष्प्रचारमा उत्रिएका छन् ।

‘छाडा पशु चौपाया समस्या समाधानका लागि सुरुमा विभिन्न स्थानमा जग्गा हेर्दा अवरोध मात्रै आयो, यो समस्या पनि हो भन्ने, समाधानका लागि अवरोध गर्ने अवस्था देखिएको छ’ भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ‘अहिले नगरपालिकाले बजारका सबै छाडा व्यवस्थापन गरेपछि पनि घरका छाडा बनाएर समस्या बल्झाउने खेल सुरु भएको छ ।’

झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मले नगरपालिकालाई वार्षिक एक लाख ११ हजार रकम लिने गरी गौशला सञ्चालनको जिम्मा लिएको छ । गौशलामा घर पालुवा पशु चौपाया लगिएपछि सञ्चालक अप्ठेरोमा परेका छन् ।

फर्मका सल्लाहकार नारायण कार्कीले गौशालामा गाई गोरु व्यवस्थापन गरिएपछि चौतर्फी असहयोग गरिएको बताए । ‘गौशालामा छाडा मात्रै राख्नु पर्ने थियो, घर पालुवालाई रसी समातेर त्यहाँ पुगाइयो, त्यसपछि गाई गोरुका लागि चाहिने पराल, भुसाको मूल्य किन्न नसकिने बनायो’ उनले भने, ‘त्यहा “ बढी तरकारी खेतीका लागि मल उत्पादन गर्न बाहिर पठाउँदा समेत अवरोध नै आउँछ ।’

फर्मले केही दिन अघि गौशालामा व्यवस्थापन गर्न नसकिने गाई गोरु बाहिर पठाउँदा स्थानीयले गाौशलामा गएर कर्मचारीहरुलाई हप्काएर रोकेका थिए । स्थानीयसहितले सञ्चालकसित रकममा समेत बार्गेनिनिङ गरेका थिए । भीमदत्त नगरपालिकामा गत वर्ष ३२ हजार घर पालुवा पशु चौपायाको लगत संकलन गरिएको थियो ।

सम्बन्धित समाचारहरु