काठमाडौं

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबार भित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । "/>

सिंहदरबारभित्रै उपसचिव कुटिए , मन्त्रालय तोडफोड !

सिंहदरबारभित्रै उपसचिव कुटिए , मन्त्रालय तोडफोड !


काठमाडौं

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबार भित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्य माथि कुर्सी उचालेर हान्न खोजियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउसो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए । मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएको थियो । उनले जुम्ला नजाने भन्दै चिठी बुझेका थिएनन् ।

ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्य माथि आक्रमण भएको बताइएको छ ।

घटनापछि कर्मचारी प्रशासन शाखाका कर्मचारीले सचिवकहाँ गएर काम गर्न नसक्ने बताएका थिए । त्यसपछि सचिवले मन्त्री लालबाबु पण्डितलाई घटनाबारे जानकारी गराएका थिए । लगत्तै मन्त्रीले आरोपीलाई नियन्त्रणमा लिन आदेश दिएका थिए । तर त्यतिबेलासम्म भण्डारी मन्त्रालयबाट बाहिर गइसकेका थिए । सरुवाको लिष्ट आफू अनुकूल नभएपछि विवाद भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । घटनाबारे आवश्यक छानबीन गरी दोषी माथि कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo